+

एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन १७ गते हुने

२०७८ माघ  २७ गते १३:५७ २०७८ माघ २७ गते १३:५७
एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन १७ गते हुने

२७ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा एनएनआईपीए स्पोर्ट्स अवार्ड आगामी फागुन १७ गते हुने भएको छ ।

एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गर्दै १६औं संस्करणको अवार्ड ललितपुरको गोदावरी नगरपालिका बज्रबारहीमा हसने जानकारी गराएको हो ।
संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्यक वर्ष खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई सम्मानित गर्दै आएको यस पटक पनि त्यसलाई निरन्तरा दिन लागेको हो ।

‘गत वर्ष कोभिड-१९ का कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अफिसियत खेलकुद प्रतियागिताहरू नभएको हुँदा यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरूलाई आधारमानी यो कार्यक्रमको आयोजना गर्दछौं ।’ एनएनआईपीएद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय