+

शारीरिक सुगठन टोली आज माल्दिभ्स जाने

२०७९ असार  ३० गते १२:५५ २०७९ असार ३० गते १२:५५
शारीरिक सुगठन टोली आज माल्दिभ्स जाने

३० असार, काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ ।

जुलाई १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा उमेश राई र राजु राई तथा महिलामा सुजिता मानन्धरले प्रतिस्पर्धा गर्ने छन् ।

टिम व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेशकुमार राजभण्डारी तथा जजमा विजयलाल कायश्थ, नानीकाजी डंगोल र लक्ष्मण भट्ट रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ भने कोंग्रेसमा सहभागी हुन यसअघि नै माल्दिभ्स प्रस्थान गरिसकेका छन् ।

शारीरिक सुगठन टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय