+

क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक, माघमा नेपाल र क्यानडाबीच एक दिवसीय क्रिकेट हुने

२०८० पुष  १९ गते १३:३६ २०८० पुष १९ गते १३:३६
क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक, माघमा नेपाल र क्यानडाबीच एक दिवसीय क्रिकेट हुने

१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

आज बिहीबार पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । ३ खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ ।

यस्तै क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ । यो सिरिज  माघदेखि फागुनको बीचमचा हुने छ ।

क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला नेपालले नै आयोजना गर्ने छ ।

त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ । मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डर अनुसार मिलाउनु पर्ने भएकाले एनपीएल पछि सारिएको क्यानका सचिव पारस खड्काले बताए ।

क्यान नेपाल क्रिकेट संघ नेपाल भर्सेस क्यानडा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय