+
+

एसीसी प्रिमियर कप ओमानमा हुने, नेपालसहित १० टोलीले खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते २०:५७

२६ पुस, काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको छ ।

एसीसीले बिहीबार वर्ष २०२४ को क्यालेन्डर सार्वजनिक गर्दै प्रिमियर कप ओमानमा हुने जनाएको छ । प्रतियोगिता अप्रिल १० देखि २३ सम्म हुनेछ ।

प्रतियोगितामा साविक विजेता नेपालसहित एसियाका १० एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस पटक प्रिमियर कप टी-२० फर्म्याटमा हुनेछ । जुनमा अमेरिका र वेष्ट इन्डिजमा टी-२० विश्वकप हुने भएकोले प्रिमियर कप पनि सोही फर्म्याटमा हुन लागेको हो ।

जसमा साविक विजेता नेपालसहित युएई, ओमान, हङकङ, कुवेत, मलेसिया,बहराइन, कतार र एसीसी च्यालेन्जर कपबाट छनोट भएर आउने दुई टोली हुनेछन् ।

जनवर २७ देखि फेब्रुअरी ११ सम्म थाइल्याण्डमा हुने च्यालेन्जर कपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपमा नेपालले युएईलाई हराएर च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो । पहिलो पटक एसिया कप खेल्दा नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो ।

एसीसी प्रिमियर कपको विजेताले एसिया कप खेल्न पाउने प्रावधान भएकोले नेपालको लागि यो प्रतियोगिता महत्वपूर्ण छ । जहाँ टेष्ट राष्ट्रसँग खेल्न पाउनेछ । तर एसीसीको क्यालेन्डरमा एसिया कप बारे स्थान र मिति कुनै उल्लेख गरिएको छैन ।

आगामी जुन १ देखि २९ सम्म आईसीसी टी-२० विश्वकप हुने तालिका रहेकोले पनि नेपालका लागि त्यसअघि खेल्ने प्रतियोगिताहरु राम्रो तयारी बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?