+

राष्ट्रिय महिला लिग छनोटको खेल तालिका सार्वजनिक

२०८१ वैशाख  २ गते १४:०४ २०८१ वैशाख २ गते १४:०४
राष्ट्रिय महिला लिग छनोटको खेल तालिका सार्वजनिक

२ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ७ वैशाखदेखि हुने राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एन्फाले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । राष्ट्रिय लिग छनोटमा ७ प्रदेश टिमले सहभागिता जनाउने छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा हुने प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुनेछ । खेल बिहान ८ बजे सुरू हुनेछ । त्यही दिन घरेलु टोली कर्णाली प्रदेशले कोशी प्रदेशसँग खेल्ने छ ।

सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् । छनोट २० वैशाखसम्म चल्ने छ ।

यसमा शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

छनोट प्रतियोगिता महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय