+
+

एशिया कप ट्रायथलन : इजिप्टका इस्माइल र आइसल्याण्डका इडालाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते २०:१६

१५ बैशाख, पोखरा । पोखरामा भएको एशिया कप ट्रायथलन तथा दक्षिण एशियाली च्याम्पियनसिप अन्तर्गत एशिया कप पुरुषतर्फ इजिप्टका सिफेलडिन इस्माइल तथा महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिरले जितेका छन् ।

ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा ७५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो ।

पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी दोस्रो भए भने जापानका मिट्सुहो मोचिजुकिल ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तेस्रो भए ।

महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाइन् । उपविजेता गुआमकी मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा पूरा गरिन् भने उज्वेकिस्तानकी एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरेर तेस्रो भइन् ।

दक्षिण एसियाली ट्रायथलनमा भारतको वर्चस्व

दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुवैतर्फ भारतीय खेलाडीले उपाधिसँगै पदकमा वर्चश्व कायम गरे ।

पुरुषतर्फ भारतका मुरलीधर नैरले एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते । यसैगरी कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बने । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउँदै तेस्रो भए ।

महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बनिन् । नेपालकी श्रेवी महर्जनले एक घण्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गरेर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तेस्रो हुन सफल भइन् ।

विपन खत्कत्वा राष्ट्रिय च्याम्पियन

राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने । प्रविन थारुले एक घण्टा छ मिनेट २० सेकेण्डमा पार गरी दोस्रो र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तेस्रो भए ।

महिलातर्फ एक घण्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवी महर्जन च्याम्पियन भइन् । शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी दोस्रो र र ज्ञानुकुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तेस्रो भइन् ।

जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने । भारतकै कृषिभ पटेल दोस्रो र नेपालका यजु महर्जन तेस्रो भए ।

महिला जुनियरतर्फ नेपालकी श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार दोस्रो र प्रेरणा श्रवण कुमार तेस्रो भए ।

नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?