+

सुदूरपश्चिम राष्ट्रिय महिला लिगमा छनोट

२०८१ वैशाख  १९ गते ७:०० २०८१ वैशाख १९ गते ७:००
सुदूरपश्चिम राष्ट्रिय महिला लिगमा छनोट

१८ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेश राष्ट्रिय महिला लिग फुटबलका लागि छनोट भएको छ । सुर्खेतमा जारी छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १-० ले पराजित गर्दै सुदूरपश्चिम महिला लिगमा छनोट हुने दोस्रो टोली बन्यो । यसअघि नै कोशी प्रदेशले राष्ट्रिय लिगमा स्थान बनाइसकेको छ ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा सुदूरपश्चिमका लागि यशोदा चिरालले एक मात्र गोल गरिन् । उनले आठौं मिनेटमा गरेको गोल नै जितका लागि निर्णयाक बन्यो ।

छनोट प्रतियोगितामा एक मात्र अपराजित टोली कोशी ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट सुदूरपश्चिम १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

यस्तै कर्णाली ५ खेलबाट ९ अंकसहित चौथो स्थानमा छ । कर्णालीले एक खेल खेल्न बाँकी रहेकोल  अन्तिम खेल जितेमा राष्ट्रिय लिगमा छनोट हुनेछ । कर्णाली प्रतियोगिताको अन्तिम दिन बिहीबार गण्डकीसँग खेल्दैछ ।

मंगलबारै भएको खेलमा लुम्बिनी प्रदेशलाई ३-१ ले पराजित गर्दै मधेश तेस्रो स्थानमा उक्लेको छ । सबै ६ खेल खेलिसकेको मधेशको १० अंक छ । शीर्ष तीन टोली राष्ट्रिय महिला लिगमा छनोट हुने प्रावधान रहेकोले अब एक टोली मात्र छनोट हुन बाँकी छ ।

प्रतियोगितामा बुधबार कोशी र बागमती प्रदेशबीच एक मात्र खेल हुनेछ ।

महिला फुटबल महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय