+

स्वर्ण जितेका थ्रीअन थ्री बास्केटलब टोली सम्मानित

२०८१ वैशाख  २४ गते १५:१९ २०८१ वैशाख २४ गते १५:१९
स्वर्ण जितेका थ्रीअन थ्री बास्केटलब टोली सम्मानित

२४ वैशाख, काठमाडौं । चीनको युनान प्रान्तमा भएको थ्रीअनथ्री बास्केटबलमा स्वर्ण जितेको नेपाली बास्केटबल टोली सम्माननित भएको छ ।

नेपाल बास्केटबल लिग र झापा बास्केटबल संघले संयुक्त रुपमा नेपाली टोलीलाई नगद सहित सम्मान गरेको हो ।

नेपाल बास्केटबल लिगका अध्यक्ष नमितबहादुर थापा र झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनले नेपाली खेलाडीलाई प्रशिक्षकलाई सम्मान गरे ।

स्वर्ण विजेता टोलीलाई नगद ५० हजार र सम्मान पत्र प्रदान गरिएको नमितबहादुर थापाले जानकारी दिए ।

गत साता युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा नेपालले गत वर्षको विजेता युना प्रानत्को टिमलाई २०-१९ ले हराएर ऐतिहासिक स्वर्ण जितेको थियो ।

जसमा नेपालका मनिस केसी एमभिपी समेत घोषित भएका थिए ।

बिजय बुर्जाको कप्तानीमा रहेको टोलीमा मनिसँगै निकेश मगर र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशील गुरुङ थिए ।

खेलकुद बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय