+

मुख्‍य प्रशिक्षक कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी

२०८१ वैशाख  २६ गते १८:४१ २०८१ वैशाख २६ गते १८:४१
मुख्‍य प्रशिक्षक कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी

२६ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।

सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा ३ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको छ । समितिका सदस्यमा नायब वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र संजीव ढुंगेल रहेका छन् ।

पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता रहेको छ । नेपालमै पहिलो पटक हुन लागेको यो छनोट प्रतियोगिता बैशाख ३१ देखि जेठ २ गतेसम्म हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रबाट समान २ पुरुष र महिला गरी १० खेलाडी सहभागी हुने छन् । उक्त प्रतियोगिताबाट एक पुरुष एक महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान सुरक्षित गर्ने छन् ।

नेपालबाट पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले प्रतिस्पर्धा गर्नेछन् ।

अर्को छनोट प्रतियोगिता दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि हुनेछ । श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ गतेसम्म हुनेछ । यो छनोटबाट ६ पुरुष र ६ महिला खेलाडीले श्रीलंका यात्रा पक्का गर्ने छन् ।

दुवै छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

टेबलटेनिस राजेन्द्र कपाली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय