+

१०औं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल टिम प्रथम, मिस्टी र प्रभात उत्कृष्ट खेलाडी

२०८१ जेठ  ७ गते २०:२१ २०८१ जेठ ७ गते २०:२१
१०औं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल टिम प्रथम, मिस्टी र प्रभात उत्कृष्ट खेलाडी

७ जेठ, काठमाडौं । १०औं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल टिम प्रथम भएको छ । यस्तै भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो भएको छ ।

नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालको २५ ओै वार्षिकोत्सवको अवसरमा आयोजित १०औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नेपाल टिम प्रथम भएको हो ।

यस्तै प्रतियोगितामा पुरुष र महिला दुवैमा नेपालका खेलाडीहरु क्रमश प्रभात रोका मगर र मिस्टी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।उनीहरु सहभागी सम्पुर्ण खेलाडी मध्ये बढी अंक हाशिल गरेको आधारमा छानिएका हुन् ।

त्यसैगरी नेपालको वागमती प्रदेश रसुवा र नुवाकोट जिल्ला कराते टिमले क्रमश उत्कृष्ट अनुशासित र फेयर प्ले टिमको अवार्ड हात पारे भने आयोजक नक्साल डोजोले बेष्ट मार्चपासमा चित्त बुझाए । तयसैगरि बागमती प्रदेशका सानोगौचरण डोजोले उत्कृष्ट उदयीमान टिम ट्रफी हात पारे ।

उक्त कार्यक्रममा मित्र राष्ट्र दुवैमा भर्खरै सम्पन्न भएको दुवई बुदोकान कप अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी स्वर्ण पदक दिलाउन सफल खेलाडीहरु बुद्धीमान माझी,कुशल खत्री,दिज्ञ शाह,सोर्निमा सिंह ठकुरी र कास्य पदक विजेता प्रास्ना ढकाललाई सम्मान गरेका थिए ।

त्यसैगरी कराते क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने नेपाल कराते महासंघका सदस्य राम वहादुर सिंह ठकुरी,सल्लाहकार निवाश गोपाल बैध र कराते वरिष्ठ प्रशिक्षक आर.वि. गुरुङ्गलाई पनि सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

नेपाल टिम प्रथम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय