News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ४-१ ले हराएको छ।
- लिभरपुलका हुगो एकिटिकेले दुई गोल गरे भने फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक-एक गोल गरे।
- जितपछि लिभरपुल २४ खेलमा ३९ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ र न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ।
१८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडमाथि ४-१ को जित निकालेको छ ।
खेलमा सुरुवाती अग्रता न्युकासलले लिएपनि लिभरपुलले ४ गोल फर्कायो । लिभरपुलका लागि हुगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक-एक गोल गरे । न्युकासलका एन्थनी गोर्डनले गोल गरे ।
३६औं मिनेटमा गोर्डनले गोल गर्दै अग्रता दिलाएका थिए । ४१औं र ४३औं मिनेटमा एकिटिकेले गोल गर्दै पहिलो हाफमै लिभरपुललाई अगाडि ल्याए ।
६७औं मिनेटमा विट्जले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा कोनाटैले गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भए ।
जितपछि लिभरपुल २४ खेलमा ३९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ ।
प्रतिक्रिया 4