+

प्रिमियर लिग : न्युकासलमाथि लिभरपुलको सहज जित

२०८२ माघ  १८ गते ७:४४ २०८२ माघ १८ गते ७:४४
प्रिमियर लिग : न्युकासलमाथि लिभरपुलको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ४-१ ले हराएको छ।
  • लिभरपुलका हुगो एकिटिकेले दुई गोल गरे भने फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक-एक गोल गरे।
  • जितपछि लिभरपुल २४ खेलमा ३९ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ र न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ।

१८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडमाथि ४-१ को जित निकालेको छ ।

खेलमा सुरुवाती अग्रता न्युकासलले लिएपनि लिभरपुलले ४ गोल फर्कायो । लिभरपुलका लागि हुगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक-एक गोल गरे । न्युकासलका एन्थनी गोर्डनले गोल गरे ।

३६औं मिनेटमा गोर्डनले गोल गर्दै अग्रता दिलाएका थिए । ४१औं र ४३औं मिनेटमा एकिटिकेले गोल गर्दै पहिलो हाफमै लिभरपुललाई अगाडि ल्याए ।

६७औं मिनेटमा विट्जले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा कोनाटैले गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भए ।

जितपछि लिभरपुल २४ खेलमा ३९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग न्युकासल युनाइटेड लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय