+

अन्तर्राष्ट्रिय जुडोका लागि १० खेलाडी छानिए

२०७१ कात्तिक  २२ गते १८:१० २०७१ कात्तिक २२ गते १८:१०
अन्तर्राष्ट्रिय जुडोका लागि १० खेलाडी छानिए

२२ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताका लागि नेपाल जुडो संघले १० खेलाडी शनिबार छनोट गरेको छ ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा भएको छनोट प्रतियोगिताबाट ७ पुरुष र ३ महिला खेलाडी छनोट गरिएको जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितले जनाएका छन् । आ-आफ्नो तौलसमूहमा पहिलो भएका खेलाडी छनोट भएका हुन् ।

विभागीय खेलाडीको वर्चस्व रहेको छनोट प्रतियोगिताअन्तर्गत पुरुषको ६० केजीमुनि एपीएफका खेमबहादुर थापा, ६६ केजीमुनि नेपाल प्रहरीका जयदीप चौधरी, ७३ केजीमुनि नेपाली सेनाका जंगबहादुर सारु, ८१ केजीमुनि केन्द्रीय डोजोका मोहन सुनुवार, ९० केजीमुनि प्रहरीका श्रीराम मकाजु, १०० केजीमुनि सेनाका कालुमान तामाङ तथा १०० केजीमाथि केन्द्रीय डोजोका राजन जोशी छानिए ।

महिलाको ५२ केजीमुनि लीला अधिकारी, ६३ केजीमुनि प्रमिला खड्का तथा ७० केजीमुनि गंगा चौधरी छनोट भए । सबै विभागीय टोलीका हुन् । प्रमिला प्रहरीकी हुन् भने बाँकी दुई सेनाका हुन् ।

एकदिने छनोटमा ३२ पुरुष र १२ महिला गरी जम्मा ४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता डिसेम्बर २ देखि ५ तारिखसम्म पाकिस्तानको लाहोरमा हुँदैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय