+

स्वर्ण जित्दै उसेन बोल्टले रचे इतिहास

२०७३ साउन  ३१ गते ९:४३ २०७३ साउन ३१ गते ९:४३
स्वर्ण जित्दै उसेन बोल्टले रचे इतिहास

Usain Bolt३१ साउन, काठमाडौं । विश्वकका तीव्र गतिका जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकको १०० मिटर दौडमा स्वर्ण जितेर इतिहास बनाएका छन् ।

यो स्वर्ण जित्ने क्रममा उनले अमेरिकी जस्टिन ग्याटिलिनलाई पछि पारे । बोल्टले निर्धारित दुरी ९.८१ सेकेन्डमा पुरा गरेका थिए ।

यससँगै उनले १०० मिटर दौडमा लगातार तीन ओलम्पिकमा यो सफलता हात पारेका छन् । २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा उनले स्वर्ण जितेका थिए ।  साथै उनको यो सातौं ओलम्पिक स्वर्ण हो ।

बोल्टको लक्ष्य रियोमा थप दुई स्वर्ण रक्षा छ । २०० मिटर र ४ गुणा १०० मिटरको स्वर्णमा हृयाट्रिक गर्ने उनको लक्ष्य छ ।

१०० मिटर दौडमा विश्व कीर्तिमान उनकै नाममा छ । उनले २००९ को वल्र्ड च्याम्पियनसिपमा ९.५८ सेकेन्डमा दुरी पुरा गरेका थिए ।

 

उसेन बोल्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय