+

रोनाल्डो विना नै रियल मड्रिडको सुखद सुरुवात

२०७३ भदौ  ६ गते ८:०८ २०७३ भदौ ६ गते ८:०८
रोनाल्डो विना नै रियल मड्रिडको सुखद सुरुवात

Bale६ भदौ, काठमाडौं । ग्यारेथ बेलले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि ३-० को सहज जित हात पारेको हो ।

रियल मड्रिडले दोस्रो मिनेटमा नै बेलको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि भ्रमणकारी टोली पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

रोनाल्डो विना मैदान उत्रिएको रियलका लागि तेस्रो गोल भने खेलको अन्तिम मिनेटमा बेलले गरे ।
अर्को खलमा एथ्लेटिको मड्रिड भने नवप्रवेशी आलिभ्ससँग १-१ को बराबरिमा रोकिएको छ ।

ग्यारेथ बेल रियल मड्रिड ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय