+

क्लब फुटबलमा रोनाल्डोको अर्को रेकर्ड, गरे ५०० औं गोल

२०७३ पुष  १ गते १२:३५ २०७३ पुष १ गते १२:३५
क्लब फुटबलमा रोनाल्डोको अर्को रेकर्ड, गरे ५०० औं गोल

ronaldo

चौथो पटक बोलोन डि’ओरको उपाधि जितेकै साता रियल मडि्रडका पोचुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले क्लब फुटबलको अर्को महत्वपूर्ण कोशेढुंगा पार गरेका छन् ।

बिहीबार क्लब विश्वकपको सेमिफाइनलमा क्लव अमेरिकाबिरुद्ध रियललाई २-० को जित दिलाउने क्रममा रोनाल्डोले क्लब करिअरमा ५०० गोलको आंकडा पार गरेका छन् ।

खेलको अन्त्यतिर अल्भारो मोराटाको पासमा उनले गोल गरे । तर, गोलको खुसियाली मनाउन नपाउँदै रेफ्रीले भिडियो रिभ्यू मागेका थिए । रिभ्यूपछि उनको गोलले आधिकारिक मान्यता पायो ।

फिफाले पहिलो पटक आधिकारिक प्रतियोगितामा भिडियो रिभ्यूको व्यवस्था गरेको छ ।

यो गोलसँगै रोनाल्डो दुई फरक क्लबबाट क्लब विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । उनले सन् २००८ मा म्यानचेस्टर युनाइटेडमा रहँदा गाम्बा ओसाकाबिरुद्ध गोल गरेका थिए ।

क्लब विश्वकपको उपाधिका लागि रियलले आगामी आइतबार जापनिज च्याम्पियन काशिमा एन्टलरसँग खेल्नेछ ।

३७७ गोलसहित रोनाल्डो रियल मडि्रडका अहिलेसम्मका सर्वाधिक गोलकर्ता हुन् । साथै उनले ११८ गोल म्यानचेस्टर युनाइटेडबाट गरेका थिए भने पहिलो क्लब स्पोर्टिङ लिस्बोनबाट ५ गोल गरेका थिए ।

उनले पोर्चुगलको राष्ट्रिय टोलीका लागि ६८ गोल गरेका छन् । करिअरकै ५००औं गोल भने उनले गत बर्ष माल्मोबिरुद्धको राष्ट्रिय टोलीको खेलमै पूरा गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय