+

बार्यन म्युनिखसँग आर्सनलको लज्जास्पद हार

२०७३ फागुन  ५ गते ६:३७ २०७३ फागुन ५ गते ६:३७
बार्यन म्युनिखसँग आर्सनलको लज्जास्पद हार

५ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आर्सनलले बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहारेको छ ।

नकआउट चरणको पहिलो लेगमा आर्सनल बार्यनसँग ५-१ ले पराजित भएको हो । यससँगै आर्सनलको च्याम्पियन्स लिगको यात्रा फेरि एक पटक अन्तिम १६ मै टुंगिने देखिएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले ११ औं मिनेटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको थियो । तर, ३० औं मिनेटमा एलेक्स सान्चेजले गोल गरे र पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

तर, दोस्रो हाफमा घरेलु टोली हावी भयो । ५३ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरे भने ५६ र ६३ औं मिनेटमा थिएगोले गोल गरे ।

निर्धारित ९० मिनेटको खेल सकिन २ मिनेट बााकी छादा मुलरले गोल गरेपछि बार्यन म्युनिख ५-१ को फराकिलो अन्तरले पराजित भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय