+

नयाँ बर्षको अवसरमा भक्तपुरमा डुवाथोलन हुने

२०७३ चैत  २२ गते १५:५५ २०७३ चैत २२ गते १५:५५
नयाँ बर्षको अवसरमा भक्तपुरमा डुवाथोलन हुने

२२ चैत, भक्तपुर । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नयाँ बर्षको अवसरमा भक्तपुरमा डुवाथोलन प्रतियोगिता हुने भएको छ ।

भक्तपुर ट्रायथलन संघको आयोजनामा नयाँ बर्षको दिन प्रतियोगिता हुनेछ । दौड र साइक्लिङको प्रतियोगिता आयोजना गरिने प्रतियोगिताका प्राविधिक धनेश प्रजापतिले जानकारी दिए ।

रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी बिस्केटको रौनकतासँगै नयाँ बर्षलाई स्वागत गर्नुका साथै खेल क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको संघका उपाध्यक्ष कृष्ण भक्त दुवालले जानकारी दिए ।

भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।

प्रतियोगिताको बिजेताले १० हजार, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार पुरस्कार पाउनेछन् । त्यस्तै दुई जना इमर्जिङ खेलाडीलाई जनही पाँच पाँच हजार प्रोत्साहन पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय