+

अर्जेन्टिनी राजधानीमा अवस्थित मेस्सीको प्रतीमामा तोडफोड

२०७४ मंसिर  १८ गते १७:४९ २०७४ मंसिर १८ गते १७:४९
अर्जेन्टिनी राजधानीमा अवस्थित मेस्सीको प्रतीमामा तोडफोड

राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको पूर्णकदको प्रतीमा बर्बर हमलाको शिकार भएको छ । प्रतीमामा दुवै खुट्टा फुटाइएको छ ।

मेस्सीको प्रतीमामा क्षति पुर्‍याइएको यो दोस्रो पटक हो । २८ जुन २०१६ मा अनावरण गरिएको प्रतीमामा पहिलो पटक जनवरी २०१७ मा हमला गरिएको थियो ।

यस प्रतीमा कार्लोस बेनवाइट्सले बनाएका थिए । बारम्बार आक्रमणमा परेपछि यस प्रतीमा अब राजधानीको स्मारक र कला निर्माण बिभागमा स्थानान्तरण गरिनेछ ।

मेस्सीको प्रतीमा राखिएको स्थानमा अर्जेन्टिनाका बिभिन्न खेलकुदका महान हस्तीहरुको प्रतीमा अवस्थित छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय