+

बंगलादेशी क्रिकेटर सबिरमाथि ६ महिने प्रतिबन्ध

२०७५ भदौ  १६ गते १८:४१ २०७५ भदौ १६ गते १८:४१
बंगलादेशी क्रिकेटर सबिरमाथि ६ महिने प्रतिबन्ध

१६ भदौ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को अनुशासन समितिले ब्याट्सम्यान सबिर रहमानमाथि ६ महिना प्रतिबन्ध लगाउन सिफारिस गरेको छ ।

सामाजिक सञ्जालमा क्रिकेट फ्यानमाथि गालीगलौज गरेको अभियोगमा अनुशासन समिति उनीमाथि ६ महिनासम्म अन्तराष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्धको सिफारिस गरेको हो । यो सिफारिस बीसीबी प्रमुख नजबुल हसनले अनुमोदन गर्न बाँकी छ तर, यसलाई औपचारिक मात्र मानिएको छ ।

अनुशासन समितिको सिफारिस आउनु अघि नै सबिरलाई एसिया कप खेल्ने बंगलादेशको टोलीमा राखिएको थिएन ।

यो प्रतिबन्धले उनी जनबरीसम्म मैदान बाहिर हुनेछन् । उनले एसिया कपसँगै न्यूजिल्याण्ड र वेष्टइण्डिजविरुद्ध घरेलु मैदानमा हुने सिरिज गुमाउनेछन् ।

साथै न्यूजिल्याण्ड टुरमा पनि हुने छैनन् ।

सबिरले गत डिसेम्बरमा पनि फस्ट क्लास क्रिकेट गुमाउनुका साथै २० लाख टाका जरिवाना तिरेका थिए ।

एसिया कप बंगलादेश क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय