१८ भदौ, काठमाडौं । लुका मोडरिकसँगै क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह फिफा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम तीनको मनोनयनमा परेका छन् ।
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी भने शीर्ष तीनमा पर्न सकेनन् । सन् २००७ मा पहिलो पटक फिफा उत्कृष्ट खेलाडीको अन्तिम तीनमा परेका उनले २००९ देखि १२ सम्म लगातार चार वर्ष अवार्ड नै जिते ।
पछिल्लो पटक उनले २०१५ मा जितेका थिए । २००९ देखि ०१७ सम्म रोनाल्डो र मेस्सी मध्ये एकले पाएका छन् । तर, यो पटक मेस्सी शीर्ष तीनमै पर्न सकेनन् ।
लण्डनमा एक समारोहका बीच घोषणा गरिएको शीर्ष तीनमा मेस्सीसँगै विश्व विजेता टिम फ्रान्सका कोही पनि छैनन् ।
रियल मड्रिडका मोडरिकबाट लगातार तीन पटक च्याम्पियन्स लिग जितेका लुका मोडरिकले क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याएका थिए । उनी विश्वकपको उत्कृष्ट खेलाडी पनि हुन् । उनले हालै मात्र यूईएफए अवार्ड जिते ।
युभेन्टस जानुअघि पोर्चुगिज रोनाल्डोले रियल मडि्रडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग जिताए । विश्वकपमा भने उनको प्रदर्शन उलेख्य रहेन ।
इजिस्टलाई विश्वकपसम्म पुर्याएका मोहम्मद सलाहले भने गत सिजन लिभरपुलका लागि ४४ गोल गरेका थिए । तर, च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग हार्यो ।
यस्तै उत्कृष्ट प्रशिक्षकका लागि फ्रान्सलाई विश्वकप जिताउने डिडियर डेसच्याम्पसँगै क्रोएसियाका लाट्को डालिस र रियल मडि्रडका पूर्वप्रशिक्षक जिनेदान जिदान छन् ।
प्रतिक्रिया 4