+

नोभाक जोकोविचले जिते युएस ओपन टेनिसको उपाधि

२०७५ भदौ  २५ गते ८:४५ २०७५ भदौ २५ गते ८:४५
नोभाक जोकोविचले जिते युएस ओपन टेनिसको उपाधि

२५ भदौ, काठमाडौं । युएस ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि छैठौं बरियताका नोभाक जोकोविचले जितेका छन् । तेस्रो बरियताका आन मार्टिन डेल पोत्रोलाई ६–३, ७–६ (७–४) र ६–३ को सेटमा हराउँदै जोकोविचले उपाधि उचालेका हुन् ।

सर्बियाका ३१ वर्षे जोकोविचले ग्राण्डस्लाम उपाधि जितेको यो १४ औं पटक हो । रोजर फेडेररले २० र राफायल नाडालले १७ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

यो जितसँगै जोकोविचले विश्व बरियतामा चौथो स्थानमा उक्लिएका छन् ।

२९ वर्षका अर्जेन्टिनी खेलाडी डेल पोत्रोले झण्डै १० वर्षपछि ग्राण्डस्लामको फाइनलमा खेलेका थिए । सन् २००९ मा युएस ओपन टेनिसको उपाधि जितेपछि उनी ग्राण्डस्लामको फाइनलमा खेलेको यो पहिलोपटक थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय