+

फिफा बरियतामा नेपालको एक स्थान सुधार, शीर्ष स्थानमा बेल्जियम र फ्रान्स

२०७५ असोज  ४ गते १६:०९ २०७५ असोज ४ गते १६:०९
फिफा बरियतामा नेपालको एक स्थान सुधार, शीर्ष स्थानमा बेल्जियम र फ्रान्स

४ असोज, काठमाडौं । फिफा बरियतामा नेपालले एक स्थान सुधार गर्दै १६० औं स्थानमा उक्लिएको छ ।

विश्व फुटबल महासँघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले एक स्थान माथि उक्लिदै १६०औं स्थानमा पुगेको हो । यसअघिको महिना नेपाल १६१ औं स्थानमा थियो ।

विश्व बरियताको शीर्षस्थानमा बेल्जियम र फ्रान्स संयुक्त रुपमा रहेका छन् । बेल्जियमले १ स्थान सुधार गर्दै शीर्षस्थान कायम गर्न सकेको हो । विश्व विजेता फ्रान्स भने याथवत रहेको हो ।

फिफा बरियताको तेस्रो स्थानमा ब्राजिल रहेको छ । त्यस्तै चौथो स्थानमा विश्वकपको उपविजेता क्रोएसिया छ । पाँचौ स्थानमा उरुग्वे, छैटौंमा इंग्ल्यान्ड, सातौंमा पोर्चुगल, आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १०औं मा डेनमार्क छ ।

दक्षिण एसियाली राष्ट्रमा भारत भने १ स्थान तल झर्दै ९७औं स्थानमा पुगेको छ भने माल्दिभ्स पनि १ स्थान तल झर्दै १५१ औं स्थानमा पुगेको छ । यता भुटान ५ स्थान तल झर्दै १८८ औं स्थानमा पुग्दा बंगलादेश भने १ स्थानमाथि चड्दै १९३ औं स्थानमा उक्लिएको छ । श्रीलंका एक स्थान र पाकिस्तान २ स्थानमाथि उक्लिदै समान १९९ औं नम्बरमा छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय