Comments Add Comment

टर्कीका कीर्तिमानी फुटबल हाकन सुकर अमेरिकामा ट्याक्सी चलाउँदै

१ माघ, काठमाडौं । हाकन सुकर टर्किस फुटबलका लिजेण्ड हुन् । अझ सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको फिफा विश्वकपमा उनले खेल शुरु भएको ११ सेकेण्डमै गोल गर्दै चर्चा पाएका थिए ।

विश्वकप इतिहासमा त्यो नै अहिलेसम्मको सबैभन्दा छिटो गोल हो । सन् ९० र २००० को दशकमा उनी टर्कीको फुटबलमा खुबै चर्चित थिए । सन् २००२ मा टर्की विश्वकपमा तेस्रो हुँदा उनी मुख्य सदस्य थिए ।

कुनै बेला देशकै आइडलको रुपमा रहेका हाकन सुकर अहिले के गर्दै होलान् ? तर सबैले सोचेभन्दा फरक उनी अहिले अमेरिकामा उबर (ट्याक्सी) चलाइरहेका छन् र पुस्तक बिक्री गरिरहेका छन् । के उनले यो काम रहरले गरेका होलान त् पक्कै पनि होइन । अनि किन त ? सन् २००८ मा फुटबलबाट सन्यास लिएपछि उनी राजनीतिमा छिरे । टर्की राष्ट्रपति रेसिप ताइप एर्दोगानसंग काम गरे । पछि एर्दोगानकै विरुद्ध लागेको भन्दै पक्राउ गर्न खोजेपछि उनले देश छाडे ।

जर्मन पत्रिका वेल्ट एम सोल्टागलाई ४८ वर्षीय सुकरले अन्तर्वार्ता दिँदै २००८ मा फुटबल छाडेपछि उनको जीवनले फरक मोड लिएको बताएका छन् । ‘म संग बाँकी केही छैन । एर्दोगानले सबै खोसे, स्वतन्त्रताको हक, वाक स्वतन्त्रता र काम गर्ने अधिकार पनि’, सुकुरले भनेका छन् ।

सन् १९९२ देखि २००७ सम्म टर्कीका लागि ११२ खेल खेल्दै सुकरले ५१ गोल गरेका छन् । ब्ल्याकबर्न रोभर्सका पूर्व खेलाडीसमेत रहेका सुकरले अधिकांश समय टर्किस क्लब गालातासारेमा बिताएका थिए । उनी टर्कीको उच्च लिग सुपर लिगको सर्वाधिक गोलकर्तासमेत हुन् ।

फुटबलबाट सन्यास लिएपछि उनी राजनीतिमा प्रवेश गरे । सन् २०११ मा उनले एर्दोगानको जस्टिस एण्ड डेपलपमेन्ट पार्टीबाट टर्कीको संसदमा चुनाव जिते ।

तर उनी एर्दोगानको विपक्षी तथा टर्किस इस्लामिक स्कोलार फेतुल्लाह गुलेनसंग पनि नजिक भए । गुलेनलाई एर्दोगानले २०१६ मा कु गर्न खोजेको आरोपसमेत लगाएका थिए ।

टर्कीका राष्ट्रपति एर्दोगानले सरकारविरुद्ध कु गर्ने समूहमा सुकर संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरेपछि उनी २०१५ मा देश छोड्न बाध्य भए । त्यसपछि उनी २०१७ मा अमेरिका प्रवेश गरे ।

उनले आफू कुनै पनि अपराधमा सलग्न नरहेको समेत दावी गरेका छन् । ‘कु भनिएको घटनामा मेरो कस्तो किसिमको भूमिका थियो भने कसैले भन्न सक्दैनन्  मैले कुनै गैरकानुनी काम गरेको छैन । न म देशद्रोही थिएँ र न आतंकवादी नै’ सुकरले भनेका छन् ।

सुकरले अमेरिका प्रवेशपछि आफूले शुरुमा  क्यालिफोर्नियामा क्याफे सञ्चालन गरेको तर अन्जान व्यक्तिहरु बारमा आउन थालेपछि त्यो काम छाडेको बताएका छन् ।

‘अहिले म उबेर ड्राइभ गर्छु र पुस्तक बेच्छु’ सुकरले भने । उनले टर्कीमा रहेको आफ्नो घर, व्यावसाय र बैंक एकाउन्स सबै एर्दोगानको सरकारले खोसेकोसमेत दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment