+

स्वरेजको कसम खाए- अब कसैलाई टोक्दिन

२०७१ भदौ  ३ गते १८:१८ २०७१ भदौ ३ गते १८:१८
स्वरेजको कसम खाए- अब कसैलाई टोक्दिन

Luis-Suarez३ भदौ, काठमाडौं । बार्सिलानाका स्ट्राइकर लुइज स्वरेजले अब कसैलाई पनि नटोक्ने बताएका छन् ।

बार्सिलोनाबाट डेब्यू गरेपछि उनले भनेका छन्-‘म फ्यानहरुलाई भन्छु चिन्ता नलिनुस् । किनकी अब म त्यस्तो गर्ने छैन ।’

विश्वकपमा इटलीका जर्जिओ चेलिनीलाई टोकेका कारण उनी चार महिने प्रतिवन्धमा छन् । फिफाले अभ्यासका लागि अनुमति दिएपछि उनले सोमबार राति लियोनविरुद्धको मैत्रिपूर्ण खेलमा केहीबेर खेलेका छन् ।

२७ वर्षीय स्वरेलले ब्राजिलमा भएको घटनापछि आफू निकै खिन्न भएको बताए । घटनापछि आफूले मनोचिकित्सकसँग कुरा गरेको भन्दै उनले घटनाको समना गर्न र माफी माग्न सुझाव दिए अनुसार नै अघि बढेको बताए ।

विगतमा जे भयो त्यसलाई बिर्सिएर बार्सिलोनामा केन्दि्रत हुने उनले बताए । उनले भने-‘विगतमा जे भयो त्यसलाई सम्झने हो भने म सुत्न सक्दिन ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय