१ कात्तिक, काठमाडौं । साउण्ड इमेज क्रिकेट क्लब लखनउ बाइ-बाइ गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अब उसले उपाधिका लागि आर्मीसँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।
तौलिहवामा शनिबार भएको दोस्रो सेमिफाइनलमा साउण्ड इमेजले धनगढीलाई ८० रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको साउण्ड इमेजले निर्धारित २० ओभरमा ८ विवेट गुमाएर ११३ रन बनायो । उसका लागि करण सिंहले ४० रन बनाए ।
धनगढीका फैज अहमदले ४ विकेट लिएका भने मोनु पासपान र भिनित सिंहले समान २-२ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको धनगढी १०.५ ओभरमा सबै विकेट गुमाएर ३३ रन माब बनाउन सक्यो । उसका लागि कुनै पनि व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
धनगढीलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद अहिराजले ४ विकेट लिए भने करन सिंहले ३ र मनिष यादवले २ विकेट लिएका छन् । करण म्यान अफ दि म्याच घोषित भए ।
प्रतिक्रिया 4