२३ कात्तिक, काडमाडौं । एक गोलले पछि परेको बार्सिलोनाले लुइस स्वरेजको प्रेरणामा अल्मारियालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले २–१ को जित हात पारेको हो । बार्सिलोनाको गोलमा दुबै पास स्वरेजले मिलाएका थिए ।
खेलमा अल्मारियाले ३७ औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो ।
प्रशिक्षक लुइस इनरिकले नेयमार, स्वरेजलाई बेन्चमा राखेका थिए । पहिलो हाफको अन्त्यमा स्वरेजले पेड्रो र नेयमारले मुनिसलाई रिप्लेस गरे ।
७३ औं मिनेटमा स्वरेजको पासमा नेयमारले बार्सिलोनाका लागि बराबरी गोल गरे । ७५ औं मिनेटमा स्वरेजले गोल गर्ने मौका गुमाए ।
खेलको ८२ औं मिनेटमा स्वरेजकै पासमा जोर्डी अल्बाले गोल गर्दै बोर्सिलोनालाई जित दिलाए ।
ला लिगामा पछिल्लो तीन खेलमा बार्सिलोनाको यो पहिलो जित हो । एइल क्लासिकोमा रियल मड्रिडसँग ३–१ ले पराजित बार्सिलोनाले सेल्टाभिगोसँग १–० को अप्रत्यासित हार व्यहोरेको थियो ।
प्रतिक्रिया 4