+

टेष्ट क्रिकेटमा सांगाकाराको ११ औं दोहोरो शतक

२०७१ पुष  २० गते १७:०२ २०७१ पुष २० गते १७:०२
टेष्ट क्रिकेटमा सांगाकाराको ११ औं दोहोरो शतक

Kumar-Sangakkara

२० पुस, काठमाडौं । श्रीलंकाका ब्याट्सम्यान कुमार सांगाकाराले टेष्ट करियरको ११ औं दोहोरो शतक बनाएका छन् । उससँगै उनी अर्को कीर्तिमान नजिक पुगेका छन् ।

न्यूजिल्याण्डविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन उनले २०३ रन बनाए । उनको दोहोरो शतकको मदतमा श्रीलंकाले पहिलो पारीमा ३५६ रन बनाएको छ र १३५ रनको अग्रता लिएको छ ।

११ औं दोहोरो शतकसँगै सांगाकारा अष्ट्रेलियाका लेजेन्ड डोन ब्राडमनको कीर्तिमान नजिक पुगेका छन् । सन् १९२८ देखि १९४८ मा ब्राडमनले १२ दोहोरो शतक बनाएका थिए ।

ब्रायन लाराले ९ दोहोरो शतक बनाएका छन् भने इंग्ल्याण्डका वली हामेन्ड र श्रीलंकाका माहेला जयबर्दनेले समान ७/७ दोहोरो शतक बनाएका बनाएका छन् ।

३७ वर्षका सांगाकाराले फेब्रुअरीमा हुने विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिनेछन् ।  उनले शनिबार सबैभन्दा छिटो २२४ इनिङमा १२ हजार रन पूरा गरेर नयाँ कीर्तमान बनाएका थिए ।

सांगाकाराले १७८ विकेट क्याच लिएका छन् भने २० स्टम्पिङ पनि छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय