+

युरो २०२४ आयोजक जर्मनीको प्रारम्भिक टोली घोषणा

२०८१ जेठ  ४ गते ७:५४ २०८१ जेठ ४ गते ७:५४
युरो २०२४ आयोजक जर्मनीको प्रारम्भिक टोली घोषणा

४ जेठ, काठमाडौं । घरेलु मैदानमा हुने युरो २०२४ का लागि आयोजक जर्मनीले २७ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक जुलियन नायगल्म्यानले घोषणा गरेको टोलीमा भेट्रान खेलाडी मानुआल नोए, टोनी क्रुस लगायत खेलाडी समावेश छन् । ३४ वर्षीय क्रुसले २०२१ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि पछि मार्चमा सन्यास फिर्ता लिएका थिए ।

३८ वर्षीय गोलकिपर नोएले सन् २०२२ पछि जर्मनीका लागि खेलेका छैनन् । यी दुई बाहेक टोलीमा बायर्न म्युनिखका थोमस मुलर र बार्सिलोनाका इल्के गुन्डोगान अनुभवी खेलाडी छन् ।

तर बायर्न म्युनिखकै सर्जी जीनाब्री र लियोन गोरेट्ज्का भने टिममा अटाउन सकेनन् । डर्टमण्डका म्याट हुमेल्स र युलियन ब्रान्ट तथा टोटनहमका टिमो वेर्नर पनि टिममा अटाएका छैनन् ।

युरो २०२४ का लागि सहभागी टिमले २६ जनासम्म खेलाडी राख्न पाउने यूईएफले जनाएको छ । जर्मनीले युक्रेन र ग्रीजसँग जुनमा मैत्रिपूर्ण खेलपछि अन्तिम टोली घोषणा गर्नेछ ।

जर्मनी पछिल्लो दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०२० को युरोमा अन्तिम १६ बाट बाहिरिएको थियो । यस पटक घरेलु मैदानमा युरोकप आयोजना हुँदा जर्मनी उपाधिको दाबेदारमध्ये एक छ ।

जर्मनीले १४ जुनमा स्कटल्याण्डसँग म्युनिखका खेल्दै युरो यात्रा सुरु गर्नेछ । युरो २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीको विभिन्न १० सहरमा आयोजना हुनेछ ।

जर्मनी टोली

गोलकिपर : ओलिभर बाउमन (होफेनहाइम), एलेक्स नुबेल (स्टुटगार्ट), म्यानुअल नोए (बायर्न म्युनिख), मार्क-आन्द्रे टेर स्टेगेन (बार्सिलोना)

डिफेन्डर : वाल्डेमार एन्टोन (स्टुटगार्ट), बेन्जामिन हेनरिक (आरबी लाइपजिग), जोशुआ किमिच (बायर्न म्युनिख), रोबिन कोच (एनट्राक्ट फ्रान्कफर्ट), म्याक्सिमिलियन मिटेलस्टाड (स्टुटगार्ट), डेभिड राउम (आरबी लाइपजिग), एन्टोनियो रुडिगर (रियल मड्रिड),निको स्लोटरबेक (बोरुसिया डर्टमन्ड), जोनाथन ताह (बायर लेभरकुसेन)

मिडफिल्डर : रोबर्ट एन्ड्रिच (बायर लेभरकुसेन), क्रिस फुहरिच (स्टुटगार्ट), पास्कल ग्रोस (ब्राइटन एण्ड होभ एल्बियन), इल्के गुन्डोगान (बार्सिलोना), टोनी क्रुस (रियल मड्रिड), जमाल मुसियाला (बायर्न म्युनिख), एलेक्सान्डर पाभलोभिक (बायर्न म्युनिख) , लेरोय साने (बायर्न म्युनिख), फ्लोरियन विर्ट्ज (बायर लेभरकुसेन)

फरवार्ड : म्याक्सिमिलियन बेयर (होफेनहाइम), निकलस फुलक्रग (बोरुसिया डर्टमुन्ड), काई हाभर्ट्ज (आर्सनल), थोमस मुलर (बायर्न म्युनिख), डेनिज उन्डाभ (स्टुटगार्ट)

जर्मन फुटबल टिम युराेकप २०२४ युरो कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय