News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियामा जारी एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल ओमानविरुद्ध ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो ।
- दीपेन्द्रसिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाएर ३६-४ को अवस्थाबाट ९३ रनको साझेदारी गरे ।
- ओमानका जय ओडेडरा र हस्नैन शाहले ३-३ विकेट लिए भने मुहम्मद इमरानले २ विकेट लिए ।
२५ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपाल ओमान विरुद्ध १४७ रनमा अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाएको हो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६-४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए ।
देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६-४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९-५ हुँदै १४७ रनमा अलआउट नै भयो ।
ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिए ।
प्रतिक्रिया 4