+

रियलमाथि एथ्लेटिको मड्रिडको शानदार जित

२०७१ माघ  २५ गते ७:३९ २०७१ माघ २५ गते ७:३९
रियलमाथि एथ्लेटिको मड्रिडको शानदार जित

Atletico Madrid

२५  माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको मड्रिड डर्बीमा एथ्लेटिकोले रियलमाथि ४–० को जित निकालेको हो ।

यसको प्रत्यक्ष फाइदा भने बार्सिलानाले उठाउन सक्नेछ । आइतबार राति हुने खेलमा उसले जित हात पार्न सके लिग लिडर रियल मड्रिडसँगको अंक दुरीमा एकमा झार्नेछ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले १४ औं मिनेटमा थिएगोको गोलबाट अग्रता लियो । त्यसको चार मिनेटपछि नै सउल निगुएले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर पारे ।

खेलको ६७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले घरेलु टोलीका लागि तेस्रो गोल गरे । ८९ औं मिनेटमा मारियो मान्जिुकिजले गोल गरेपछि मड्रिड डर्बीमा एथ्लेटिको ४–० ले विजयी भएको छ ।

हारपछि पनि रियल मड्रिड २२ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान ५० अंक छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय