+

रोनाल्डोलाई जित्दै मेस्सी बने सर्वाधिक गोलकर्ता

२०७२ वैशाख  २४ गते ७:१६ २०७२ वैशाख २४ गते ७:१६
रोनाल्डोलाई जित्दै मेस्सी बने सर्वाधिक गोलकर्ता

Lionel Messi  celebration

२४ वैशाख, काठमाडौं । चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका लिओनल मेस्सी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।

मंगलबार राति युभेन्टससँग २–१ ले पराजित भएको खेलमा रोनाल्डोले एक गोल गरेका थिए । गोलसँगै उनले मेस्सीलाई पछि पारे ।

तर, यो २४ घन्टाभन्दा टिक्न सकेन । बुधबार राति भएको खेलमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनालाई ३–० को जित दिलाउने क्रममा मेस्सी एक्लैले दुई गोल गरे ।

यससँगै मेस्सी एक गोलले अघि रहँदै च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।

मेस्सीले ९६ खेलमा ७७ गोल गरेका छन् । रोनाल्डोले भने ७६ गोलका लागि ११३ खेल खेलेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय