+

रोड टु सिंगापुरका लागि माहिका र इरा छानिए

२०७२ असार  १३ गते १८:५२ २०७२ असार १३ गते १८:५२
रोड टु सिंगापुरका लागि माहिका र इरा छानिए

Mahika-Rana-and-Ira-Rawat

१३ असार, काठमाडौं । रोड टु सिंगापुरमा नेपालकी माहिका राणा र राउत सहभागी हुने भएकी छन् । अखिल नेपाल लनटेनिस संघले आयोजना गरेको तीन दिने छनोट प्रतियोगिताको दुई उमेर समूहमा पहिलो भएका खेलाडी छानिएका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छनोटको अन्तिम दिन यु-१६ उमेरसमूहमा अपराजित रहँदै माहिका राणा पहिलो भइन् । चार खेलाडी सहभागी यो स्पर्धामा माहिकाले राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा दिदी मायांकालाई ८-१ ले सहजै पराजित गरिन् । त्यसअघि माहिकाले स्लेशा प्रधान र विजिशा श्रेष्ठलाई हराएकी थिइन् ।

त्यस्तै यु-१४ उमेरसमूहमा कुनै खेल नगुमाएकी इरा राउतले सिंगापुर यात्रा पक्का गरिन् । अन्तिम दिन इराले तीन प्रतिद्वन्द्वीलाई निराश पारिन् । इराले खुशी पाण्डेलाई ८-३, प्रेरणा कोइरालालाई ८-१ तथा अभिलाषा विष्टलाई ८-२ ले पाखा लगाइन् । ५ खेलाडी सहभागी यो स्पर्धाको अघिल्ला प्रतिस्पर्धामा इराले मेधावी गिरी र सलोनी तामाङलाई पन्छाएकी थिइन् ।

रोड टु सिंगापुर अक्टोबर १९ देखि २५ तारिखसम्म सञ्चालन हुनेछ । त्यसका लागि लनटेनिस संघका अध्यक्ष मनोज राणा र महासचिव मनोहरदास मुलले छनोट हुन सफल खेलाडीद्वयलाई रोड टु सिंगापुरको ब्यानर प्रदान गरी शुभकामना दिएका थिए ।

चाङ थाइमा संरक्षकभूषण वज्राचार्यले स्वर्ण तथा टोयोटामा रजत जितेका थिए । उनले यु-१४ उमेरसमूहमा पदक जितेका थिए । त्यस्तै टोयोटाको यु-१६ उमेरसमूहमा सक्षम कार्कीले रजत हात पारेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय