+

हङकङलाई हराउँदै स्कटल्याण्ड फाइनलमा

२०७२ साउन  ९ गते १७:५८ २०७२ साउन ९ गते १७:५८
हङकङलाई हराउँदै स्कटल्याण्ड फाइनलमा

Scotland

९ साउन, काठमाडौं । स्कटल्याण्ड टी-२० विश्वकप छनोट क्रिकेटको फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा स्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

हङकङले प्रस्तुत गरेको ११७ रनको लक्ष्य स्कटल्याण्डले १२.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि म्याथु क्रसले १५ बलमा ३९ रन बनाए भने काइल कोट्जसले १९ बलमा ३३ रन जोडे । जोर्ज मान्सी २५ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले १९.४ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो । स्कटल्याण्डका बलरहरु हावी भएको खेलमा हङकङका कुनै पनि ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् ।

एजाज खानले ३१ र मार्क च्यामपेनले २४ रन जोडे । स्कटल्याण्डका रोब टेलर, स्फायन शारिफ र अल्साडर इभनले समान ३-३ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय