+

सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

२०८१ जेठ  ४ गते १९:०७ २०८१ जेठ ४ गते १९:०७
सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

४ जेठ, काठमाडौं । एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले परिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने पक्का भएको छ ।

सन्तोषी युनिभर्सल कोटामा ओलम्पिकमा छनोट भएकी हुन् । उनले म्याराथनमा भाग लिनेछिन् ।

नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघबाट युनिभर्सल कोटाका लागि उनको नाम सिफारिस भएको थियो ।

त्यसमा अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघबाट उनको नाम स्वीकृत भएपछि ओलम्पिकमा सहभागिता जनाउने पक्का भएको हो ।

सन्तोषीले ओलम्पिक खेल्न पाउने खबर सुन्दा खुशी लागेको बताइन् । ‘एकदमै खुशी छु । म राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ उनले अनलाइनखबरसँग भनिन् ।

पेरिस ओलम्पिक, २०२४ जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुँदैछ ।

एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय