+

एनसेल अन्डर १८ अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने

२०७२ साउन  २७ गते ११:३४ २०७२ साउन २७ गते ११:३४
एनसेल अन्डर १८ अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने

२७ साउन, काठमाडौं । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाल बास्केटबल संघसँग मिलेर यही भदौ १५ देखि २६ गतेसम्म १८ बर्ष मुनिको अन्तरकलेज बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

ncellप्रतियोगितामा काठमाडौ उपत्यकाका १६ वटा कलेजहरुको सहभागिता हुनेछ ।

प्रतियोगितामा भाग लिन इच्छुक कलेजहरुको सहभागिताका लागि साउन ३१ गतेसम्म रजिष्ट्रेसन खुल्ला गरिएको छ । रजिष्ट्रेसन पश्चात नेपाल बास्केटबल संघका प्राविधिक समिति, सल्लाहकार समिति, रेप|mी समिति र आयोजकको संयुक्त कार्यदलले प्राप्त रेजिष्ट्रेसनहरुबाट १६ वटा कलेजको छनौट गर्नेछ । छनौट भएका कलेजको ४ वटा गु्रपमा विभाजन गरी प्रतियोगिता चल्नेछ ।

समग्रमा प्रतियोगितामा ३२ वटा म्याच खेलिनेछ, जस अन्तर्गत २४ वटा समुह चरणको खेल हुनेछ । प्रत्येक समुहका विजेता तथा उपविजेता कलेजलेे क्वाटर फाईनल, सेमिफाईनल तथा फाइनल खेल खेल्नेछन् ।

अन्डर १८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको विजयी टोलीले ट्रफी सहित एक लाख नगद पुरस्कार प्राप्त गर्नेछ । साथै दोस्रो तथा तेेस्रो स्थानमा आउने टोलीले ट्रफी सहित क्रमशः पचहत्तर हजार र पचास हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् ।

‘एनसेलले नेपाली खेलकुदको विकासमा टेवा पुर्‍याउने उद्देश्यले फुटबल, कि्रकेट लगायतका खेल प्रायोजन गर्दै आएकोमा अहिले एनसेल अन्डर १८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको घोषणा गर्न पाउँदा हामी हर्षित छौं । यसले बास्केटबलमा रुचि भएका युवालाई आफ्नो कौशल देखाउन तथा दक्षता विकास गर्न योगदान पुर्‍याउने विश्वास छ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले युवाहरुमाझ प्रचलित यस बास्केटबल खेलको अन्डर १८ अन्तरकलेज प्रतियोगिता आयोजना गर्न लागकोमा एनसेललाई ध्ान्यवाद दिए । यसले बास्केटबलको विकासमा थप योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

उनले नेपाल बास्केटबल संघले टुर्नामेन्टको प्राविधिक कामको पुरै जिम्मेवारी सम्हाल्ने जानकारी पनि दिए । साथै बास्केटबलको प्रर्वद्धनका लागि भविष्यमा पनि यस किसिमको सहकार्य गर्दै जाने बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय