११ पुस, काठमाडौं । चेल्सीका अन्तरिम प्रशिक्षक गुस हिडिंकले प्रिमियर लिगको शीर्ष चारमा सिजन अन्त्य गर्ने लक्ष्य बनाएका छन् ।
चेल्सीले जोसे माउरिन्होलाई बर्खास्त गरेपछि हिडिंक सिजनको अन्त्यसम्मका लागि नियुक्त भएका छन् र, उनको प्रशिक्षणमा चेल्सीले आइतबार पहिलो खेल वटफोर्डविरुद्ध घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्नेछ ।
हिडिंकले यो सिजन पि्रमियर लिगको शीर्ष चारमा रहने र च्याम्पियन्स लिग र एफए जित्ने आफ्नो लक्ष्य रहेको बताए । उनले भने, गणितीय रुपमा चौथो स्थान अझै सम्भव छ । त्यसपछि च्याम्पियन्स लिग र एफए कप छ ।’
पि्रमियर लिगमा चेल्सी १५ औं स्थानमा छ भने च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेन प्रतिद्वन्द्वी पाएको छ ।
२००९ मा चेल्सीको अन्तरिम प्रशिक्षक बन्दा हिडिंकले इभर्टनलाई हराएर एफए कप जिताएका थिए भने प्रिमियर लिगमा २२ मध्ये १६ खेल जितेका थिए । एक मात्र हार टोटनहृयामसँग व्यहोरेको थियो ।
च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुगेको थियो । त्यसबेला टीममा डिडियर ड्रोग्वा, फ्राङ्क लाम्पार्ड, माइकल बालक जस्ता खेलाडीहरु थिए । अहिले टीममा ठूला खेलाडीहरु रहेको तर, तुलाना गर्न गाह्रो हुने उनले बताए ।
प्रतिक्रिया 4