Comments Add Comment

यू-१९ मा अष्ट्रेलियाको सट्टा आयरल्याण्ड खेल्ने

u-19-worldcup

२२ पुस, काठमाण्डौ । सुरक्षाको कारण अष्ट्रेलियाले यु-१९ विश्वकप क्रिकेट नखेल्ने घोषणा गरेपछि उसको सट्टामा आयरल्याण्डले खेल्ने तयारी गरेको छ ।

बंगलादेशमा जनवरी २७ तारिखबाट सुरु हुने प्रतियोगितामा सुरक्षा ब्यबस्था पर्याप्त नभएको भन्दै अष्ट्रेलियाले नाम फिर्ता लिएको थियो ।
अष्ट्रेलियाको यो निर्णयपछि इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले आयरल्याण्डलाई खेल्न प्रस्ताव गरेको छ । आइसीसीको प्रस्तावमाथि क्रिकेट आयरल्याण्डले अध्ययन गरिरहेको र छिटै सकारात्मक जवाफ दिने सम्भावना रहेको आइरिस टाइम्स पत्रिकाले जनाएको छ ।

आयरल्याण्डले यु-१९ खेल्ने निर्णय गरेमा नेपालसँगै समूह डी मा पर्ने छ । गत अक्टुवरमा मलेसियामा भएको क्वालिफायरमा आयरल्याण्ड नेपालपछि रहेको थियो ।

क्रिकेट आयरल्याण्ड यतिबेला लजिस्टिक र सुरक्षा प्रबन्धबारे तयारी गरिरहेको समाचारमा जनाइएको छ । क्रिकेट आयरल्याण्डले इंल्याण्ड र स्कटल्याण्डसँग पनि परामर्श गर्ने बताइएको छ । ती दुवै टोली बंगलादेशमा खेल्दैछन् ।

हालै बंगलाशदेशमा दुई जना बिदेशीको हत्या भएपछि त्यहाँ पश्चिमी देशले आफ्ना नागरिकलाई भ्रमणका क्रममा सुरक्षा सर्तकता अपनाउन सुझाव दिँदै आएका छन् । आयरल्याण्ड सरकारले पनि आफ्ना नागरिकलाई त्यस्तै सुझाव दिएको छ ।

तर, इंल्याण्ड र स्कटल्याण्डसँगको परामर्श र बंगलादेशी अधिकारीसँगको छलफलपछि आयरल्याण्डले यू-१९ खेल्न सहमति जनाउने सम्भावना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment