+

टी–२० विश्वकप जिते खेलाडीलाई १ लाख डलर दिने पाकिस्तानको घोषणा

२०८१ वैशाख  २३ गते २०:२३ २०८१ वैशाख २३ गते २०:२३
टी–२० विश्वकप जिते खेलाडीलाई १ लाख डलर दिने पाकिस्तानको घोषणा

२३ वैशाख, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले टी–२० विश्वकप जिते प्रत्येक खेलाडीलाई १ लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

गद्दाफी स्टेडियममा खेलाडीसँग अभ्यास सेसनमा भेट गर्दै उक्त पुरस्कार रकम घोषणा गरेका हुन् । पाकिस्तान अब आयरल्यान्ड र इंग्ल्यान्ड भम्रण सकेर विश्वकप खेल्न अमेरिका पुग्ने छ ।

पाकिस्तान र आयरल्यान्डबीचको तीन टी–२० आई खेलको सिरिज १०, १२ र १४ मेमा हुनेछ ।

त्यसपछि इंग्ल्यान्ड र पाकिस्तानबीच चार टी–२० आई खेलको सिरिज २२, २५ र २८ र ३० मेमा हुनेछ ।

विश्वकपको समूह ए मा पाकिस्तान, अमेरिका, क्यानडा, भारत र आयरल्यान्ड छन् । ६ जुनमा पाकिस्तानले अमेरिकासँग खेल्दै सुरुवात गर्नेछ । भारतसँग ९ जुनमा न्यूयोर्कमा खेल्नेछ ।

पाकिस्तान क्रिकेट बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय