+

जुडो अध्यक्षमा वज्राचार्य तेश्रो पटक निर्विरोध

२०७२ माघ  १३ गते १८:४० २०७२ माघ १३ गते १८:४०
जुडो अध्यक्षमा वज्राचार्य तेश्रो पटक निर्विरोध

judo-Sangh

१३ माघ, काठमाडौं । नेपाल जुडो संघको अध्यक्षमा दीपकहर्ष वज्राचार्य लगातार तेश्रोपटक निर्विरोध निर्वाचित भएका छन् ।

संघको पाँचौं साधारणसभाले संस्थापक महासचिव वज्राचार्यको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा खड्गबहादुर दाहाल तथा उपाध्यक्षमा सुदेव महत, पीयूष श्रेष्ठ, रमेश महर्जन र बाबुराजा महर्जन रहेका छन् । अघिल्ला कार्यसमितिका सचिव धर्मकुमार श्रेष्ठ महासचिवमा पदोन्नती भए ।

सूर्यनारायण श्रेष्ठले उपमहासचिव, हेमराज भण्डारीले सचिव, विपिनप्रसाद श्रेष्ठले कोषाध्यक्ष तथा दिनेश आचार्यले कोषाध्यक्षको जिम्मेवारी पाए । सुरजकाजी डोटेल, मनोजबहादुर केसी, माधवराज अधिकारी, धर्मरत्न पाछै, प्रमोदप्रसाद नेपाल, रामकृष्ण विसी, विष्णुबहादुर गुरुङ, ओलम्पियन ऋषिराम प्रधान तथा गंगाबहादुर डंगोल सदस्यमा निर्विरोध बने ।

राजेश श्रेष्ठ, पदमबहादुर बुढाथोकी, तेजेन्द्र थापा, ओलम्पियनद्वय इन्द्र डंगोल र देबु थापा, पृथ्वी आलोक तथा चन्द्र डंगोल सदस्यमा मनोनित भए । जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितलाई पदेन सदस्यमा मनोनित भए । त्यस्तै सिद्दिबहादुर शाक्य, धर्मशीला चापागाईं, हरिप्रसाद श्रेष्ठ, लक्ष्मीरत्न तुलाधर र शैलेन्द्रमान श्रेष्ठ सल्लाहकारमा चयन भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय