+

यू १९ क्रिकेटरलाई सरकारले जनही १ लाख दिने

२०७२ माघ  १७ गते १२:४२ २०७२ माघ १७ गते १२:४२
यू १९ क्रिकेटरलाई सरकारले जनही १ लाख दिने

U-19-Team१७ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाउन सफल नेपाली युवा टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।

आइतबार बिहान नेपाल ओलम्पिक कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले टिमका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही एक-एक लाख नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

बंगलादेशमा जारी विश्वकपमा सुरुवाती दुई खेलमा जित हात पार्दै नेपाल सुपर लिगका लागि छनोट भएको छ । नेपालले १५ वर्षपछि क्वाटरफाइनलमा स्थान बनाएको हो ।

नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डविरुद्धको खेलमा ८ विकेटले जित हात पारेको छ । अब समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुस्

सेन वार्नका फ्यान सन्दीप विश्वकपकै ‘हेर्नलायक बलर’

नेपाल १५ वर्षपछि यू-१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय