+

सागका खेलाडीलाई राष्ट्रपतिले गरिन् विदाइ

२०७२ माघ  १८ गते १५:३९ २०७२ माघ १८ गते १५:३९
सागका खेलाडीलाई राष्ट्रपतिले गरिन् विदाइ

Bidhya-Bhandari

१८ माघ, काठमाडौं । सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद् परिषदले सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ गरिन् ।

उनले तेक्वान्दो, सुटिङ, उसु, स्क्वास, टेबलटेनिस लगायतका खेलका खेलाडीहरुलाई माला लगाइदिएर विदाइ गरिन् । खेलाडी तथा खेल पदाधिकारीको विदाइका क्रममा राष्ट्रपति विद्या भण्डारीले नियम र अनुशासनमा रही उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरिन् ।

१२ औं दक्षिण एसियाली खेलकुद यहि माघ २३ गतेदेखि फागुन ४ गतेसम्म भारतको गुवाहिटी र आसाममा हुँदै छ । प्रतियोगितामा नेपालले २३ खेलमा भाग लिंदै छ । प्रतियोगीतामा ३ सय ८४ जना खेलाडी र १ सय ३८ जना खेल सम्बद्ध पदाधिकारी सहभागी हुँदै छन् । १७ वर्ष पहिले काठमाडौमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले ३१ वटा स्वर्ण पदक हात पार्नु नै नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।

प्रतियोगीतामा सहभागी हुन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको नेतृत्वमा नेपाली टोली मंगलबार भारत प्रस्थान गर्नेछ ।

राष्ट्रपति भण्डारीले टोलीको नेतृत्व गर्ने मन्त्री मण्डललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् । मन्त्री मण्डलले टोलीको सेभ द मिसनका रुपमा प्रतियोगितामा सहभागी हुने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टलाई झण्डा हस्तान्तरण गरे ।

युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले भारतको नाकाबन्दीका कारण राम्रो तयारी गर्न नपाएको बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय