+

लालीगुराँस गोल्डकपमा जनजागृतिको सुखद सुरुवात

२०७३ वैशाख  ११ गते २०:२२ २०७३ वैशाख ११ गते २०:२२
लालीगुराँस गोल्डकपमा जनजागृतिको सुखद सुरुवात

११ वैशाख, काठमाडौं । लालीगुराँस गोल्डकपमा जनजागृति युवा क्लब धनकुटाले विजयी सुरुवात गरेको छ ।

laliguras cupशनिबार भएको उद्घाटन खेलमा जनजागृतिले संखुवासभा फुटबल संघको टोलीलाई टाइब्रकेरमा ४-३ ले पराजित गरेको छ । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

यसअघि खेलको ६८ औं मिनेटमा संखुवासभाले दिपक चौहानको गोलबाट अग्रता लिएको थियो । अन्तिममा सम्हालिन सकेन । इन्जुरी टाइममा जनजागृतिका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।

आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ पाउनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय