+

केन विलियम्सन अब टेष्ट टीमको पनि कप्तान

२०७३ वैशाख  १६ गते १३:४३ २०७३ वैशाख १६ गते १३:४३
केन विलियम्सन अब टेष्ट टीमको पनि कप्तान

Kane-Williamson

१६ वैशाख, काठमाडौं । केन विलियम्सनले न्यूजिल्याण्डको टेष्ट टीमको कप्तानको जिम्मावारी पाएका छन् । यससँगै उनी तीन वटै फम्र्याट टेष्ट, एकदिवसीय र टी-२० टिमको कप्तान बनेका छन् ।

२५ वर्षका केन विलियम्सनले हालै भारतमा सम्पन्न टी-२० विश्वकपमा न्यूजिल्याण्डको कपतानी गरेका थिए ।

ब्रेन्डन म्याकलमले हालै मात्र सन्यास लिएपछि अब केन विलियम्सनले टेष्ट टिमको कप्तानको भूमिका पाएका छन् । उनी न्यूजिल्याण्डका २९ औं टेष्ट कप्तान हुन् ।

र, उनी अहिले भारतमा आईपीएल खेलिरहेका छन् । न्यूजिल्याण्ड क्रिकेटका सीईओ डेभिड हृवाइटले टिमलाई अगाडि लैजान विलियम्सन सही व्यक्ति भएको बताए । 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय