१६ वैशाख, काठमाडौं । निशा सुनारको हृयाट्रिकको मदतमा नेपाल पुलिसले राष्ट्रिय महिला फुटबलको सुपर लिगमा सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरेको छ ।
बिहीबार भएको दुई विभागीय टोलीको भिडन्तमा साविकको विजेता पुलिसले ३-१ को जित हात पारेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अग्रता भने एपीएफले लिएको थियो । आठौं मिनेटमा अनु लामाले गोल गर्दै दिलाएको अग्रता एपीएफले जोगाउन सकेन ।
पहिलो हाफको अन्तिममा निशाले गोल गर्दै खेललाई बराबरीमा ल्याइन । दोस्रो हाफमा भने पुलिस हावी भयो । ५१ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी निशाले दुई मिनेट लगतै हृयाट्रिक पुरा गरिन् ।
निशाले तेस्रो गोल गर्ने क्रममा ठोक्किएर एपीएफकी गोलकिपर एन्जिला घाइते भइन् । तर, एपीएफले तीन सब्सिच्युट यसअघि नै गरिसकेकाले एपीएफ १० खेलाडीमा सिमित भयो र गीता रानाले गोलकिपरको भूमिका निभाउनु पर्यो ।
तर, खेलमा एपीएफकी सविता भण्डारीले गोल गर्ने केही राम्रो मौका पनि पाएकी थिइन् । तर, पुलिसले आफ्नो अग्रता जोगायो र ३१ ले विजयी भएको छ ।
प्रतिक्रिया 4