+

निर्वाचित क्यानले सरकारसँग प्रस्ताव माग्यो

२०७३ वैशाख  १७ गते १८:२० २०७३ वैशाख १७ गते १८:२०
निर्वाचित क्यानले सरकारसँग प्रस्ताव माग्यो

१७ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समूहले अब कसरी अघि बढ्ने भन्नेबारे सरकारको प्रस्ताव माग गरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसैसाता नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

क्यानको निर्वाचित कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको छ । उसले आफूले अहिलेसम्म गरेको कामको फेहरिस्ता प्रस्तुत गर्दै सरकार र राखेपले सहकार्य नगरेको र निलम्बन पर्न सक्ने चेतावनीलाई गम्भीर रुपमा नलिएको आरोप लगाएको छ ।

आईसीसीले क्यानलाई निलम्बन गरिसकेको भन्दै निर्वाचित कमिटीको अवको विकल्पमा आफूहरु खुला रहेको बताएको छ । तर, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले भने जस्तो मुद्धा फिर्ता लिएर पछि हट्ने पक्षमा भने नरहेको बताएको छ ।

महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘हामी सवै विकल्पमा खुला छौं । तर, डेमोक्रेटिक भ्यालु, क्यानको विधिवत प्रक्रियालाई तिलान्जली लिएर २/४ जना मिलौं र भागवण्डा गरौं र खाऔं भन्ने पक्षमा छैनौं ।’

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय