+

वेष्ट काठमाडौं नेपालगञ्ज गोल्डकपको सेमिफाइनलमा

२०७३ वैशाख  १८ गते २०:१५ २०७३ वैशाख १८ गते २०:१५
वेष्ट काठमाडौं नेपालगञ्ज गोल्डकपको सेमिफाइनलमा

Nepalgung-football

१८ वैशाख, नेपालगञ्न । नेपालगञ्ज गोल्डकप फुटबलमा वेष्ट काठमाडौं एफसी विजयी भएको छ । शनिबार भएको खेलमा वेष्ट काठमाडौंले सरस्वती क्लवलाई १-० ले पराजित गरेको हो ।

नेपालगञ्ज रङ्गशालामा भएको खेलमा वेष्ट काठमाडौंले नाइजेरियन खेलाडी इब्राहिमले गरेको गोलबाट अग्रता लिएको थियो । खेलमा थप गोल हुन सकेन र इब्राहिमको गोल नै निर्णायक बन्यो ।

जितसँगै वेष्ट काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लव र भारतको सहारा लखनऊवीच खेल हुनेछ ।

नेपाली फुटबल
लेखक
आरपी सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय