२३ वैशाख, काठमाडौं । विश्व फुटबल महासंघ फिफाको पहिल्लो बरियतामा नेपाल १ स्थान तल झरेको छ ।
फिफाले प्रत्येक महिना सार्वजनिक गर्ने बरियता क्रममा नेपाल १ स्थान तल झर्दै १८०औं स्थानमा पुगेको हो । यद्यपी नेपाल दक्षिण एशियामा चौथो स्थानमा यथावत छ ।
१६०औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एशियामा शीर्षमा छ । १६२औं स्थानमा यथावत रहेको भारत दोस्रोमा र एक स्थान तल झर्दै १७८औं स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा तेस्रो बरियतामा छन् ।
त्यस्तै भुटान १८६औं, श्रीलंका १८७औं र पाकिस्तान १९०औं स्थानमा छन् ।
विश्व बरियताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ । पहिल्लो महिना विश्व फुटबलमा कुनैपनि अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष ५४ बरियतासम्म हेरफेर भएको छैन ।
प्रतिक्रिया 4