३१ वैशाख, काठमाडौं । आगामी अगस्ट ५ देखि २१ सम्म ब्राजिलको रियो दि जेनेरियो शहरमा हुने ग्रिष्मकालिन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटीको शुक्रबार बसेको बोर्ड बैठकले ओलम्पिक चार्टर्ड अनुसार नेपाली टोलीको चिफ द मिसनमा राखेप सदस्यसचिवलाई जिम्मा दिएको हो ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको कमिटीको बोर्ड बैठकले महासचिवको प्रतिवेदनको बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया 4