+

आईसीसीको प्रतिनिधिमण्डल नेपाल आउने

२०७३ असार  १७ गते १०:३९ २०७३ असार १७ गते १०:३९
आईसीसीको प्रतिनिधिमण्डल नेपाल आउने

Nepal-Cricket-And-icc१७ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको साधारणसभाले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ ।

स्कटल्याण्डको एडिनबरामा सम्पन्न साधारणसभाले नेपालसँगै अमेरिकाको क्रिकेट संघलाई निलम्बन गर्ने बोर्डको निर्णय अनुमोदन गरेको हो । नेपाल क्रिकेट एशोसिएसन आन्तरिक विवादमा फसेपछि आईसीसीले गत अपि्रलमा निलम्बन गरेको छ ।

निलम्बनको निर्णयलाई साधारणसभाले अनुमोदन गरेपछि लम्बिने संकेत देखिएको छ ।

साधारणसभाले नेपालमा छिट्टै एक प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको छ । उक्त टिमले सरकार र क्रिकेटका अधिकारीहरुसँग भेट गर्नेछन् ।

अमेरिकामा आईसीसीका अध्यक्ष शशांक मनोहर नेतृत्वको टोली जाने तय भइसकेको छ । तर, नेपाल आउने टोलीको टुंगो लागेको छैन ।

आईसीसी नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय