+

वेष्टहृयाममाथि चेल्सीको नाटकीय जित, हजार्ड भन्छन्- बाघले जस्तै खेल्यौं

२०७३ साउन  ३२ गते ९:२७ २०७३ साउन ३२ गते ९:२७
वेष्टहृयाममाथि चेल्सीको नाटकीय जित, हजार्ड भन्छन्- बाघले जस्तै खेल्यौं

Diego Costa३२ साउन, काठमाडौं । डिएगो कोष्टाले अन्तिमतिर गरेको गोलको मदतमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेष्टहृयाममाथि नाटकीय जित हात पारेको छ ।

एन्टोनी कोन्टेको प्रशिक्षणमा रहेको चेल्सीले सोमबार राति भएको लिगको आफ्नो पहिलो खेलमा वेष्टहृयामलाई २-१ गोलको जित निकालेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै पेनाल्टी पायो र इडेन हजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

तर, ७७ औं मिनेटमा वेष्टहृयामले कोलिन्सले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा चेल्सीका लागि कोष्टाले विजयी गोल गरे ।

खेलमा हजार्ड म्यान अफ दि म्याच बने । उनले आफ्ना समर्थकहरुबीच मैदानमा फर्कन पाउनु राम्रो भएको बताएका छन् । उनले भने, हामीले धेरै राम्रो गर्‍यौं र ९० मिनेट बाघले जस्तै खेल्यौं ।’

हरेक वर्ष आफूले पहिलो खेलमा गोल नगरेको भन्दै उनले भने, गत सिजन सकियो ।  हामी अगाडिको भविश्य हेरिरहेका छौं र समर्थकहरुलाई धेरै खुसी दिन चाहन्छौं ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय